कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणी १ मा बागी उम्मेदवार विजयी

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका-१ मा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली अध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गर्दै सुन्दर विजयी बनेका हुन् ।

त्रिवेणी १ मा बागी उम्मेदवार विजयी

उक्त वडामा बागी उम्मेदवार रहेका सुन्दर माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए । सुन्दरले ५ सय ७७ मत ल्याएका छन् भने लक्ष्मणको पक्षमा ४ सय १७ मत आएको छ । अरु ४ सदस्यमा पनि बागी तर्फकै उम्मेदवार निर्वाचित भएका छन् ।

सदस्यमा कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा निर्वाचित भएका छन् ।

उनीहरुले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए । सुन्दर माओवादी केन्द्रको त्रिवेणी गाउँपालिका उपाध्यक्ष थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?