काठमाडौंको मेयरमा बालेन साहको अग्रता कायमै- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

काठमाडौंको मेयरमा बालेन साहको अग्रता कायमै

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आग्रतालाई कायम गर्दै १ सय ९५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय सभा गृहमा जारी मतगणनामा कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले १ सय ३५ मत प्राप्त गरेकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले १ सय ११ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २४ मत प्राप्त गरेको अधिकारीहरुले जनाएका छन् । 'हालसम्म ५ सयभन्दा केही बढी मत गणना भएको छ' निर्वाचन कार्यालयका एक अधिकारीले भने ।

अहिले वडा १ र वडा ३२ को मतगणना जारी रहेको छ । स्थानीय तह निर्वाचन २०७४ मा यी दुवै वडामा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

काठमाडौैं महानगरपालिकामा ६४ प्रतिशत मतदान भएको थियो । महानगरपमा ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० जनाले मत खसालेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीको बार्दिवास-८ मा माओवादीका शमशेर सिंह विजयी

सुनिता बराल

महोत्तरी — महोत्तरीको बार्दिवास नगरपालिका-८ मा नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा विजयी भएका छन् । बर्दिवास नगरपालिकाको वडा नम्बर ८ को अन्तिम मतपरिणाम अनुसार लामा वडाध्यक्षमा ७ सय ५३ मत ल्याएर विजयी भएका हुन् । 

बर्दिवास निर्वाचन कार्यालयका अधिकृत भुपेन्द्र सापकोटाले उनी विजयी भएको घोषणा गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका छन् ।

शुक्रबार राति २ बजेबाट बर्दिवास सेवा समितिको हलमा बर्दिवास नगरपालिकाको मत गणना सुरु भएको थियो । ३ हजार ६ सय ५ मतदाता रहेको बर्दिवास ८ मा कुल २ हजार ५ सय ६२ मत खसेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×