कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैलङ गाउँपालिकामा गठबन्धन र एमाले कार्यकर्ताबीच मतगणनास्थलमै झडप

केदार शिवाकोटी

दोलखा — दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद बढेपछि मतगणना रोकिएको छ ।

विवाद बढ्दै गएपछि गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच मतगणना स्थलमै झडप भएको हो ।

झडपमा परी एकजनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनको बाघखोरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।गठबन्धनका कार्यकर्ताले धारिलो हतियार प्रहार गरेको एमालेले आरोप लगाएको छ ।

स्थिती नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । मतपत्र भएका बाकसको सिल फुटेका लगायतका विषयमा प्रतिनिधिहरुबीच विवाद बढेपछि मतगणना स्थगित भएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?