कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप

सुनिता बराल

महोत्तरी — महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ । गणनामा कुरा नमिलेपछि झडप भएपछि मतगणना रोकिएको छ ।

महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप

गाउँपालिकाको सभाहलमा मतगणना थालेको केही समयमै झडप भएको निर्वाचन कार्यालय सोनामाले जनाएको छ । जम्मा ६ वटा मात्रै मत गणना भएको थियो ।

मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए । मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो ।

अहिले स्थिती सामान्य बनाउने काम भइरहेको मिश्रले बताए । स्थिती सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?