बाँकेको राप्तीसोनारीमा एमालेको अग्रता  - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

बाँकेको राप्तीसोनारीमा एमालेको अग्रता  

रुपा गहतराज

बाँके — बाँकेको राप्तीसोनारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एक हजार दुई सय मत गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार रामदाश थारुले ४३६ मत अग्रता लिएका छन् । 

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार तप्त पौडेलले ४०३ र माओवादी केन्द्रका पट्टु थारुले २१३ मत पाएका छन् । निर्वाचन अधिकृत टोपबहादुर केसीका अनुसार राप्रपाका उम्मेदवारले ३७ मत र जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम डाँगीले ५ मत पाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता  

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा १ सय ९८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रशान्त विष्टले ७९ मतका साथ अग्रता लिएका छन् ।

नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल वैश्यले ५ मत प्राप्त गरेका छन् । यस्तै नगर उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राईले ६८, नेकपा एमालेकी शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र २२ को पनि मतगणना चलिरहेको छ ।


प्रकाशित : वैशाख ३१, २०७९ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×