कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुमाख-७ मा वडाध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी

विप्लव महर्जन

सल्यान — जिल्लाको कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्मर शाही लगायत अन्य सदस्यहरू विजयी भएका हुन् ।

कुमाख-७ मा वडाध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी

विजयी भएका शाहीले ६ सय ४३ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५ सय ९५ मत ल्याएका थिए । कवि चन्द भन्दा ४३ मत बढी ल्याएर शाही विजयी भएको कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालले बताए ।

यसैगरी माओवादी केन्द्रका सदस्य थलबहादुर पुन, खुला सदस्य दिलबहादुर डाँगी, महिला सदस्य अनिता बुढाथोकी र दलित महिला सदस्य रीता विक विजयी भएको कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रिजालले जानकारी गराए ।

उनका अनुसार सदस्य पुनले ६ सय १५, डाँगीले ६ सय २६, महिला सदस्य बुढाथोकीले ६ सय ३३ र दलित महिला सदस्य विकले ६ सय २३ मत ल्याएका थिए । कुल मतदाता १ हजार ९ सय ८९ मतदाता रहेकामा वडा नं ७ मा १ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको भनाइ छ ।

कुमाख गाउँपालिका वडा नं २ मा पनि वडा अध्यक्षसहित पूरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?