कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानका छ पालिकामा मतगणना सुरु 

विप्लव महर्जन

सल्यान — १० स्थानीय तह रहेको सल्यानमा छ पालिकामा मतगणना सुरु भएको छ । शारदा नगरपालिका, दार्मा, कुमाख, कालिमाटी, त्रिवेणी र छत्रेस्वरी गाउँपालिकामा मतगणना सुरु भएको हो । 

सल्यानका छ पालिकामा मतगणना सुरु 

जिल्लाको सिद्धकुमाख र कपुरकोट गाउँपालिकामा प्रक्रियामा रहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । बाग्चौर र बन्गाड कुपिण्डे नगरपालिकामा शनिबार बिहानदेखि मतगनणा सुरु हुने उनले जानकारी गराए । उनका अनुसार सल्यानमा शान्त वातावरणमा मतदान सम्पन्न भएको थियो । १ लाख ५७ हजार ७ सय १५ मतदातामध्ये १ लाख ८ हजार ९ सय ३ तथा ६९.०५ प्रतिशत मतदान भएको थियो । कुल खसेको मतअनुसार ४९ हजार ६ सय ३ पुरुष र ५९ हजार ३ सय महिलाले मतदान गरेका थिए ।

शारदा नगरपालिकामा २३ हजार ९ सय ५८ मा १६ हजार ४ सय ६६ , बाग्चौर नगरपालिकामा २२ हजार २ सय ६४ मा १६ हजार ८१ , बन्गाड कुपिण्डे नगरपालिकामा २० हजार ९ सय ९६ मा १४ हजार २ सय ८ ले मतदान गरेको उनको भनाइ छ ।

यस्तै कपुरकोटमा ८ हजार ३ सय ६६ , कालिमाटीमा १० हजार १ सय ६६, कुमाखमा ९ हजार ९ सय ८०, छत्रेस्वरीमा १० हजार ४ सय ६२, त्रिबेणीमा ८ हजार ५, दार्मामा ९ हजार १ सय ४५ र सिद्धकुमाख गाउँपालिकामा ८ हजार ६ सय ३७ मत खसेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?