कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

सम्झना रसाइली

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । मतदान सकेर सिल गरिएको मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रममा शुक्रबार करिब ६:१५ बजे उनीहरूबीच झडप भएको हो । 

झडपकै क्रममा प्रहरीमाथि पनि ढुंगामुढा हुन थालेपछि मतपेटिका सुरक्षाका लागि प्रहरीले ५ राउन्ड हवाईफायर गर्नुपरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । प्रहरीका अनुसार झडपमा ८ जना स्थानीय र १ जना म्यादी प्रहरी घाइते भएका छन् ।

प्रहरीले मतपेटिका सुरक्षित साथ मतगणनास्थलमा ल्याइसकेको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?