कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखराको मतगणना शुक्रबार नहुने 

लालप्रसाद शर्मा

काठमाडौँ — भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरमा आज मतगणना नहुने भएको छ । निर्वाचन आयोगले मतपेटिका संकलन भएलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जनाए पनि पोखरामा त्यो सम्भव नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पोखराको मतगणना शुक्रबार नहुने 

कार्यालयका अधिकृत नील पनेरुका अनुसार अहिले विभिन्न मतदानस्थलबाट मतपेटीका ल्याउने क्रम सुरु भएको छ। ‘सबै मतपेटिका ल्याएर रुजु गर्दा मध्यरात हुनेछ’ उनले भने, ‘त्यसपछि सर्वदलीय बैठक बस्नुपर्‍यो । तर त्यो रातिको समयमा सम्भव नहोला ।’ शनिबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना थालिने उनले बताए ।

३३ वटा वडा रहेको पोखरामा ९८ मतदानस्थलमा २ सय ४२ मतदान केन्द्र रहेको छ । २ लाख ७ हजार ७ सय १२ मतदाता महानगरमा थिए ।

यसैबीच कास्कीमा प्रारम्भिक तथ्यांकअनुसार ६५ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार यो अघिल्लो निर्वाचनका भन्दा कम हो । २०७४ को स्थानीय तहको निर्वाचनमा कास्कीमा ७४ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : वैशाख ३०, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?