नेपालगञ्जमा बच्चा च्यापेरै मतदानमा मुस्लिम महिला- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

नेपालगञ्जमा बच्चा च्यापेरै मतदानमा मुस्लिम महिला

रुपा गहतराज

नेपालगन्ज — मुस्लिम समुदायको बाहुल्य बसोबास रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा महिला मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बुर्का र घुम्टोभित्र रहेका महिलाहरूसमेत मतदानमा उत्साहपूर्णरुपमा सहभागी भएका छन् । खुला र सक्रिय राजनीतिबाट टाढै रहेका ती महिला काखे बच्चा च्यापेरै पनि मतदानस्थल पुगेका छन् ।

नेपालगंन्ज उपमहानगरको वडा नं ४, ११ र २२ का मतदानस्थलहरुमा मुस्लिम महिलाहरु बाक्लो सहभागिता देखिएको छ ।

यहाँ सत्ता गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राई उम्मेदवार छन् । त्यस्तै, एमालेबाट मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल तथा राप्रपाबाट मेयरमा नन्दलाल वैश्य र उपमेयरमा विन्दु चर्तीमगर उम्मेदवार छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री गहतराजले खेलाडी चौधरीको शवमा ओढाए राष्ट्रिय झन्डा

रुपा गहतराज

नेपालगन्ज — भारोत्तोलन खेलाडी सन्जु चौधरीको शवमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन्  । बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवास पुगेर  बुधबार बिहान मन्त्री गहतराजले राष्ट्रिय झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार काठमाडौंमा मृत भेटिएकी चौधरीको शव बुधबार गृहनगर बाँके ल्याइएको हो । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जलीसभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको बताए ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक विजेता चौधरी एसियाली खेलकुदको तयारीका क्रममा थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५:३० बजे कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । चौधरीको गृहनगरमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित : वैशाख २८, २०७९ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×