नुवाकोटका दुई मतदान केन्द्रमा मतदान स्थगित

नुवाकोट — स्थानीय तह निर्वाचनको मतदानको क्रममा दुई मतदान केन्द्रको मतदान केही समयका लागि स्थगित भएको छ । पञ्चकन्या गाउँपालिका ५ बच्छला मावि केन्द्र र सूर्यगढी गाउँपालिका ४ हल्देकालिकाको कुण्डला आधारभूत विद्यालयमा रहेको केन्द्रमा मतदान स्थगन गरिएको हो ।

पञ्चकन्या-५ बच्छला मावि केन्द्रमा नेपाली कांग्रेसका सदस्यले मतदातालाई रकम दिई मतदाता प्रभावित बनाउन खोजेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले देखेपछि रकमसहित सम्बन्धित निकायमा बुझाएका छन् ।
त्यहाँ सर्वदलीय बैठक राखेर केहीबेरमा मतदान सुचारु गर्ने मतदान अधिकृतले जनाएका छन् भने सूर्यगढी ४ कुण्डला आधारभूतमा नेकपा एकीकृत समाजवादी र अन्य दलबीच भनाभन भएर झडपमा परिणत भएपछि स्थिति साम्य भएपछि केही समय मतदान अवरोध भएको निर्वाचन अधिृकतले जनाएका छन् ।
सूचना निकालेर मतदान रोकिएको भन्ने सूचना नआएको र केहीबेरमा मतदान सुरु हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।
प्रकाशित : वैशाख ३०, २०७९ ११:५७