१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

दाङमा मतदान उत्साहजनक, बिहानैदेखि लाइन

दुर्गालाल केसी

दा‌ङ —  मतदानका लागि नागरिकमा निकै उत्साह देखिएको छ । हरेक मतदान केन्द्रमा भिडभाड छ ।बिहानैदेखि वृद्धवृद्धाहरु समेत लाइन लागेका थिए ।

दाङमा मतदान उत्साहजनक, बिहानैदेखि लाइन

जिल्लामा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्रहरु छन् । जसमा २ लाख ८१ महिला पुरुष र २ लाख ९ हजार ९९ महिला र २ अन्य गरी ४ लाख ९ हजार ९ सय २ मतदाता छन् । जिल्लाका १० पालिकामा ७० पुरुष र १० महिला गरी ८१ जना प्रमुख तथा अध्यक्षमा र १७ पुरुष र ४६ महिला गरी ६३ जना उपप्रमुख तथा उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी वडा अध्यक्षमा ४ सय ८२ पुरुष र १९ महिला गरी ५ सय १ जना प्रतिस्पर्धामा छन् । महिला सदस्यमा ३ सय ९५, दलित महिला सदस्यमा ३ सय ५५ र सदस्यहरुमा ७ सय ६६ पुरुष र ४७ महिला गरी ८ सय १३ उम्मेद्वार छन् । जिल्लामा कूल १ हजार ३ सय ३५ पुरुष र ८ सय ७२ महिला गरी २ हजार २ सय ७ उम्मेद्वार रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बाहेक अन्य सबै स्थानमा मतदान भैइरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । तुलसीपुर–१७ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार लबरु चौधरीको बिरामी भएर मृत्यु भएपछि निर्वाचन जेठ ३ गते सरेको छ । त्यस क्षेत्रमा उनका छोरा प्रदिप चौधरीले उम्मेद्वारी दिएका छन् ।


प्रकाशित : वैशाख ३०, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?