कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

दोलखाको बैतेश्वरमा रातिदेखि नै तनाव, कांग्रेस कार्यकर्ताद्वारा मतदानमा अवरोध

काठमाडौँ — दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको छ ।

दोलखाको बैतेश्वरमा रातिदेखि नै तनाव, कांग्रेस कार्यकर्ताद्वारा मतदानमा अवरोध

कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् ।

प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । यद्यपि तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।

शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने भनिए पनि अहिलेसम्म त्यहाँ मतदान सुरु हुन सकिरहेको छैन ।

प्रकाशित : वैशाख ३०, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम लाग्यो ?

x