कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते

शमशेरविक्रम जीसी

प्यूठान — सरुमारानी गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सरुमारानी गाउँपालिकाको हशंपुरमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कायालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकार दिए । 

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्माले आफू सवार गाडी जलाउने र आफूलाई मार्नेसम्मको प्रयास गठबन्धनबाट भएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन् । तर दुवै पक्षबाट घटनाका विषयमा कुनै आधिकारिक धारणा आएको छैन ।


प्रकाशित : वैशाख २८, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?