कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ३ जना घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घटनामा दुबै दलले एक अर्कालाई दोष लगाएका छन् । जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजे भएको दुई पक्षीय झडपमा ३ जना घाइते भएका छन् । उनीहरुमध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

बौदीकाली गाउँपालिका वडा नम्बर १ को मिथुकरमको मौलाथर गाउँमा मंगलबार दिउँसो ३ भलिबल खेलिरहेको अवस्थामा मोटरसाइकल र्‍यालीमा आएका एमालेका कार्यकर्ताले आक्रमण गरेको भनाइ छ । स्थानीय चोलाकान्त कँडेलका अनुसार भलिबल खेलिरहेको अवस्थामा र्‍यालीमा आएका एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन् । घाइतेमध्ये एक जना गम्भीर घाइते छन् । उनको टाउकोमा चोट लागेको छ ।

जिल्ला प्रहरीले घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको जानकारी दियो ।

प्रकाशित : वैशाख २७, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×