कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चुनावमा किसानको अडान : जसले बाँदर लखेट्ने उपाय दिन्छ उसैलाई भोट

गगनशिला खड्का

गुल्मी — मालिका गाउँपालिका ५ की सुशीला खड्कालाई बारीमा मकै छर्नेबित्तिकै जंगली जनावरबाट बाली कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्छ । मकै हुर्कन थालेपछि उनको चिन्ता झन् धेरै थपिन्छ ।

चुनावमा किसानको अडान : जसले बाँदर लखेट्ने उपाय दिन्छ उसैलाई भोट

गाउँको पुछारमा घर भएकी उनलाई खेती कसरी जोगाउने भन्ने चिन्ताले हरेक वर्ष पिरोल्ने गर्छ । ‘हामी किसानलाई बाँदर लगायत बन्यजन्तुले एकदमै दुःख दिइरहेका छन्, खेतीबाली कसरी स्याहार्ने होला भनेर अहिलेदेखि नै चिन्ता लाग्न थालेका छ,’ खड्काले भनिन् ।

यसपटक स्थानीय तह निर्वाचनका लागि गाउँमा मत माग्न जाने विभिन्न दलका नेताहरूसँग खड्काको मात्रै नभएर अधिकांश गाउँलेहरूको गुनासो यही छ । उनीहरू उम्मेदवारहरूसँग गाउँबाट बाँदर कसरी भगाउने भन्ने उपाय खोजिरहेका छन् ।

अब भोट माग्न आउने उम्मेदवारले किसानहरुका यस्तै समस्या बझ्नुपर्ने स्थानीय अगुवाहरूको तर्क छ । बाँदर लगायत जंगली जनावरले यति दु:ख दिन थाल्यो कि, मदाने गाउँपालिका ३ सिर्सेनीकी ४७ वर्षीया गिता लम्सालले त खेतबारी बाँझै राखेकी छन् । बारीमा लगाएको खेतीबाली बन्यजन्तुहरुले खाइदिने र नोक्सान गरिदिने भएकाले बारी बाँझै राख्न बाध्य भएको उनी बताउँछिन् ।

‘बाहरुले पनि छाडेर जानुभयो, हामीमात्र एक्लै छौं, मलाई त गाउँ छोडेर जान मन थिएन, तर बन्यजस्तुले खेती रहन दिएन, दाजुभाईहरु छाडेर जानुभयो, खती गरेर के गर्ने भनेर खेती नै गरिएको छैन,’ लम्सालले भनिन् ।

लम्साल अहिले चुनावमा जसले बन्यजन्तुको समस्या समाधान गर्ने गरी एजेण्डा बोकेर आउँछ उसैलाई भोट दिने बताउँछिन् । स्थानीय सरकारले गाउँमा सबै सुविधा पुर्‍याए पनि गाउँ छोड्नेहरुको ताँती उस्तै छ ।

गाउँलेहरुले रित्ता बस्तीमा सडक, विद्युत, खानेपानी, इन्टरनेटको पहुँच त पुर्‍याएका छन् । तर छिमेकी नहुँदा आफूहरु पनि विस्थापित हुनुपर्ने अवस्था आएको सिर्सेनीकै ५४ वर्षीय लिलाधर लम्सालले बताए ।

किसानका समस्या जसले समाधान गरिदिन्छ उसैलाई मत दिने उनको पनि अडान छ। लम्साल भन्छन्, ‘जब बाटो आयो, त्यसपछि खेती गरेर खाने जग्गा भएन, अनि गाउँलेहरु विस्थापित हुनुपर्‍यो । सबै सुविधा आयो तर बन्यजन्तुका कारणले गाउँ बस्ने अवस्था छैन । खेती गर्नुसम्म गर्‍यो त्यसपछि कि बँदेललाई हुन्छ, कि बाँदरलाई ।’

मालिका गाउँपालिकाका नेकपा एमालेका अध्यक्षका उम्मेदवार रित बहादुर थापाले भने बन्यजन्तु पीडित किसानहरुको पीडालाई नजिकबाट महशुस गरेको बताए । साथै आगामी दिनमा यस्ता समस्या समाधान गर्ने बताए ।

गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका देविराम अर्याल पनि बाँदर र बँदेल गाउँको समस्या रहेको स्वीकार गर्छन् । उनी पनि उक्त समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउँछन् । उनले किसानहरुका लागि कृषि बिमा, बनजंगलमा तारजाली, प्रधानमन्त्री स्वरोजगारका कामदार जस्तै मौसमी कामदारको व्यवस्था गर्ने र किसानलाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : वैशाख २६, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×