१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

नेपालगन्ज उपमहानगरमा गठबन्धनको घोषणापत्र सार्वजनिक : '५ वर्षमा ५ संकल्प' 

काठमाडौँ — बाँके नेपालगन्ज उपमहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता पक्षीय गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन् स्थानीय तहको निर्वाचन लक्षित '५ वर्ष ५ संकल्प' सहित कांग्रेसका सहमहामन्त्री  किशोरसिंह राठौरलगायत माओवादी केन्द्रका नेताले घोषणापत्र सार्वजनिक गरेका छन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस र जसपा गठबन्धनका मेयरका उम्मेदवार प्रशान्त विष्ट, उपमेयरका उम्मेदवार कमरुद्धीन राईको उपस्थिति थियो ।

नेपालगन्ज उपमहानगरपालिकास्तरीय घोषणापत्रमा सद्भावको सहर, हरित नगर रिगंरोडसहितको सडक संजाल र पूर्वाधार, सेवा सुशासन, सामाजिक न्यायसहितको रुपान्त्रण गरी ५ शीर्षकमा संकल्प लेखिएको छ । घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, कृषि स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा कोषदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन, सामाजिक न्याय, कला र संस्कृति ,खेलकुद सूचना तथा संचार उपशीर्षकमा पाँच बर्षमा गरिने काम उल्लेख छ ।

पत्रकारिता विषयमा एमफिल अध्ययन गर्ने नेपालगन्जका पत्रकारलाई विशेष छात्रवृत्तिको व्यवस्थासमेत कांग्रेस नेपालगन्ज उपमहानगरको चुनावी एजेन्डामा समावेश गरिएको छ । '५ वर्षमा ५ संकल्प' नाम दिइएको घोषणा पत्रमा शिक्षा क्षेत्रमा ड्रप आउट भएका विद्यार्थीलाई सम्बोधन गर्ने योजना छ ।

घोषणापत्रमा बागेश्वरी मन्दिर एकीकृत विकास कोष स्थापना गर्ने पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी)का केही नेताले भने घोषणापत्रबारे आफूहरुसँग सल्लाह नगरेको भन्दै गुनासो पोखेका छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कोइरालाले यो प्रतिबद्धता बनाउन आफूहरुको सुझाव नलिएको भन्दै आक्रोश पोखे । ‘यो कांग्रेसको मात्र घोषणापत्र होइन, गठबन्धनमा रहेका सबैको हो,’उनले भने, ‘वडाहरुमा गठबन्धन हुन नसके पनि उपमहानगरको मेयर-उमपेयर जिताउने कुरामा इमान्दार देखाउने छौं।’


प्रकाशित : वैशाख २१, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?