कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधिकारिक र बागी पक्षबीच झडप

रुकुम पश्चिम — माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१ मा माओवादीबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप भएको हो ।

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टीकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । मंगलबार बिहान दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।

उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए । बागी उम्मेदवारी दिएका कारण पार्टीले ६ महिनाका लागि निलम्बन गरिसकेको छ । तर उनले यो झडपमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

उनीहरूकै व्यक्तिगत झगडालाई अन्य ढंगबाट विश्लेषण गरिएकोप्रति उनले आपत्ति जनाएका छन् । उनले विज्ञप्ति जारी गरेरै यो व्यक्तिगत कुरा भएको र समूहगत कुरा नभएको उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख २१, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?