कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्षी दलले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले कारबाही गरेन : कांग्रेस

काठमाडौँ — नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विपक्षी दलहरुले ठाडो आचारसंहिता उल्लंघन गर्दा पनि कुनै प्रकारको कारबाही नभएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । 

विपक्षी दलले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले कारबाही गरेन : कांग्रेस

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगले कांग्रेससँग स्पष्टिकरण सोध्ने निर्वाचन आयोगले विपक्षीलाई त्यस्तो नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘विपक्षी दलले ठाडो उल्लंघन गरेको छ । यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘हामीले केही गरेमा स्पष्टिकरण सोध्ने निर्वाचन आयोगले विपक्षीबाट ठाडो उल्लंघन गर्दा कारबाही भएको छैन ।’

पत्रकार सम्मेलनमा उनले पार्टीको निर्णय विपरीत नेता तथा कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा संलग्न हुने नेता तथा कार्यकर्तालाई कारबाही नहुने बताए ।

‘विद्रोही उम्मेदवारमाथि स्वत: कारबाही हुने व्यवस्था पार्टी विधानमै छ,’ महतले भने 'उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा संलग्न भएका नेता तथा कार्यकर्तामाथि कारबाही हुँदैन ।’ उनले पार्टी निर्णयको उल्लंघन थोरै ठाँउमा मात्रै भएको बताए, ‘अपवाद बाहेक अन्य ठाउँमा निर्णय कार्यान्वयन भएको छ’ महतले भने ।

प्रकाशित : वैशाख १८, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?