कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

पाल्पामा बागीले लिए उम्मेदवारी फिर्ता 

माधव अर्याल

पाल्पा — जिल्लामा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका प्राय: बागीले उम्मेदवारी फिर्ता लिएका छन् । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनमा टिकट वितरण पारदर्शी नभएको आरोप लगाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १६ जनाले मनोनयन दर्ता गरेका कांग्रेस नेता, कार्यकर्ताले फिर्ता गरेका छन् । 

रैनादेवी छहराबाट कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्ररुपमा गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पोखरेल र उपाध्यक्षमा २०७४ को निर्वाचनमा विजयी उपाध्यक्ष चेतकुमारी थापाले उम्मेदवारी फिर्ता लिएका छन् । पोखरेल रैनादेवी छहरा–४, छहराका वडाध्यक्ष तथा प्रवक्ता थिए । स्वतन्त्ररुपमा छहराको सदस्य पदमा तुल्सीराम बिक, नवहरी पोखरेल, हेमनाथ पोखरेल, नारायण पोखरेल, टोपबहादुर रानालगायतले उम्मेदवार मनोनयन फिर्ता लिएका छन् ।

एमालेमा जिल्ला सचिवालय सदस्य दमनसिं पाटाले निस्दी गाउँपालिका अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन नगरपालिका–५, मा एमालेबाट रुष्ट भएका बुद्धबहादुर रावलले उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन नगरपालिकामा एकीकृत समाजवादीका ६ र २ जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै गठबन्धनलाई असर गर्ने भन्दै रिब्दीकोटमा कांग्रेसका गोविन्द आचार्यले पनि उपाध्यक्षमा दिएको मनोनयन फिर्ता लिए । रिब्दीकोट, माथागढी, रम्भामा एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रकाशित : वैशाख १६, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?