कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

२ बागी र १ आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता

हरि गौतम

रुकुम पूर्व — जिल्लामा ३ जना गाउँपालिका अध्यक्ष र १ जना उपाध्यक्षले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका नेताहरू जिताराम कामी र महेन्द्र बुढा मगरले उम्मेदवारी फिर्ता लिएका हुन् । 

२ बागी र १ आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता

भूमे गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका भिमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसको आधिकारिक उम्मेदवार भए पनि उनले शुक्रबार दिउँसो उम्मेदवारी फिर्ता लिए ।

कांग्रेससँग गठबन्धन गरेर उपाध्यक्षमा मात्रै उम्मेदवारी दिएको एमालेको अब उपाध्यक्षमा मात्रै उम्मेदवार छन् । एमालेले उपाध्यक्षमा कमानसिङ डाँगीलाई उम्मेदवार बनाएको छ । कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अब भूमेमा माओवादीका होमप्रकाश श्रेष्ठ‚ राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर पुनको मात्रै अध्यक्षमा उम्मेदवारी छ ।

भूमे गाउँपालिकाको उपाध्यक्षमा माओवादीबाट बागी हालेकी नमिता पुनले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । सिस्ने गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिएका जनता समाजवादीका उपेन्द्रलाल कामीको उम्मेदवारी भने रद्द भयो । समानुपातिक बन्द सूचीमा नाम रहेका कारण उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?