कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हेलिकोप्टर चढेर मनोनयन गर्न आउने पोखरेल र राई को हुन् ?

डम्बरसिं राई

खोटाङ — जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् ।

हेलिकोप्टर चढेर मनोनयन गर्न आउने पोखरेल र राई को हुन् ?

मेयर पदमा उम्मेदवारी दिन धर्मराज पोखरेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हेलिकोप्टर लिएर आएका थिए भने विमला राई हलेसी तुवाचुङ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन मनाङ एयरको हेलिकोप्टर चढेर पुगेकी थिइन् । उनीहरू दुवै तीन लाख ६० हजार रुपैयाँ खर्च गरेर विराटनगरदेखि आइपुगेका थिए ।

२०४६ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रियाशील पोखरेल तीन वर्षअघि राप्रपाबाट कांग्रेसमा छिरेका थिए । काठमाडौंस्थित विजय इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक र विजय अर्गानिक भिलेज कम्पनीलगायतका मालिक रहेका पोखरेलले टिकट ढिलो गरी टुंगो लागेकाले गाडीमा आउन नसकिने भएपछि हेलिकोप्टर चार्टर गर्नुपरेको बताए ।

उनीसँगै हेलिकोप्टर चढेर पुगेकी राई भने निवर्तमान उपमेयर हुन् । उनले टिकट हात पार्दा दिउँसोको १२ बजिसकेकाले मनोनयनका लागि समयमै पुग्न हेलिकोप्टर प्रयोग गर्न बाध्य भएको बताइन् । ‘परेको हेलिकोप्टर भाडा धर्मराज दाइलाई पछि तिर्ने गरी उम्मेदवारी दिन गएकी हुँ,’ उनले भनिन् ।

धर्म पोखरेलले प्रदेश सभापति उद्धव थापा र तीर्थराज भट्टराईले सभापति शेरबहादुर देउवाको हस्ताक्षरको टिकटबाट दुवैले मनोनयन दर्ता गरे पनि पोखरेलले उम्मेदवारी फिर्ता गरेका हुन् । पोखरेलले कांग्रेसलाई जिताउन भन्दै उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।

प्रकाशित : वैशाख १५, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?