कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा एमालेका बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

घनश्याम गौतम

रूपन्देही — रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा सावित्रा अर्यालको दर्ता भएको छ । 

बुटवलमा एमालेका बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

बाजागाजा र दलबलसहित उम्मेदवारी दर्ता गर्न एमालेका उपाध्यक्ष विष्णु पौडेल, प्रदेश सहइन्चार्ज लीला गिरी, अहिलेका नगरप्रमुख शिव सुवेदी, नगरप्रमुखका दाबेदार गोपाल रानालगायतका नेता पनि निर्वाचन कार्यालय पुगेका थिए ।

उम्मेदवारी दर्ता गर्नेक्रममा प्रमुखका उम्मेदवार भट्टराईले पूर्वाधारमा नमुना, सबल र समृद्ध बुटवलको परिकल्पना आफूले गरिसकेको र त्यसलाई कार्यान्वयन गर्ने बताए । उनले अहिले सुरु भएका दीर्घकालीन महत्त्वका योजना पनि पूरा गर्ने बताए ।

बुटवल उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने सहमति छ । समाजवादीका तर्फबाट उम्मेदवार बन्ने चिनबहादुर गुरुङको भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन ।


प्रकाशित : वैशाख १२, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?