कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेटर खाँले गाउँपालिका अध्यक्षमा दिए उम्मेदवारी 

मनोज पौडेल

कपिलवस्तु — अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी फैजल खाँले कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।  नेकपा एकीकृत समाजवादीबाट उनले पकडीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । भैसकुण्डास्थित घरबाट उनी समर्थक नेता कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । 

क्रिकेटर खाँले गाउँपालिका अध्यक्षमा दिए उम्मेदवारी 

उम्मेदवारी दर्तापछि २९ वर्षे क्रिकेटर खाँले क्रिकेटमा जसरी नै राजनीतिमा पनि राम्रो काम गरेर नाम राख्ने बताए । ‘नयाँ योजना र उद्देश्यले काममा लाग्छु’ उनले भने ‘यो नै मेरो जितको आधार हो ।’ मायादेबी गाउँपालिका २ का खाँ यु १९ का अन्तर्राष्ट्रिय खेलाडी हुन् । सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनी सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६ मुलुकमा गएर खेलका थिए । गत २०७४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्यमा पनि उनी निर्वाचन लडेका थिए ।


प्रकाशित : वैशाख १२, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?