कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस र माओवादीले टुंग्याए उम्मेदवार

एकीकृत समाजवादीले आफ्ना उम्मेदवार टुंग्याउन बाँकी 
धुलिखेल र भुम्लुको विवाद मिल्यो
नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन् । मनोनयन दर्ता गर्ने अन्तिम दिनमा कांग्रेस र माओवादी केन्द्रले आफ्नो भागमा परेका स्थानीय तहमा उम्मेदवार टुंग्याएका हुन् । गठबन्धनको एकीकृत समाजवादीले भने अझै उम्मेदवार टुंग्याएको छैन । 

काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस र माओवादीले टुंग्याए उम्मेदवार

सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै प्रदेशको निर्णय नमान्ने घोषणा गरेका कांग्रेस धुलिखेल नगर कार्यसमिति र भुम्लु गाउँ कार्यसमिति विवाद मिलाएर गठबन्धनको निर्णय कार्यान्वयन गर्ने पक्षमा देखिएको छ ।

गठबन्धनले धुलिखेलको प्रमुखमा समाजवादीका दयासागर श्रेष्ठ, उपप्रमुखमा कांग्रेसका निराजन जंगम; नमोबुद्धको प्रमुखमा कांग्रेसका कुन्साङ लामा, उपप्रमुखमा माओवादी केन्द्रका रत्न लामा; पाँचखालको प्रमुखमा कांग्रेसका महेश खरेल, उपप्रमुखमा माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई उम्मेदवार बनाएको छ । बनेपाको प्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, पनौतीमा कांग्रेसका रामशरण भण्डारी, मण्डनदेउपुरको उपप्रमुखमा कांग्रेसका विष्णुमणि नेपालको टुंगो लागे पनि एकीकृत समाजवादीको भागमा परेको पदमा अझै टुंगो लागिसकेको छैन ।

भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल र उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङ (दाबा), चौरीदेउरालीको अध्यक्षमा माओवादी केन्द्रका रेणुका चौलागाईं र उपाध्यक्षमा कांग्रेसका शेरबहादुर तामाङ; रोशीमा कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा; तेमालको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर लामा र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर, खानीखोलामा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा, महाभारतको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्वा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै बेथानचोकको अध्यक्षमा कांग्रेसका भगवान अधिकारी टुंगो लागे पनि माओवादी केन्द्रले आफ्नो उम्मेदवार टुंग्याउन सकेको छैन ।

वडा तहमा भने सहमति नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय दलहरूले गरेका छन् ।

प्रकाशित : वैशाख १२, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×