कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

बर्दियामा एमालेले टुंग्यायो उम्मेदवार

कमल पन्थी

बर्दिया — स्थानीय तहको निर्वाचनका लागि बर्दियामा एमालेले आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

बर्दियामा एमालेले टुंग्यायो उम्मेदवार

मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक चयन भएका छन् भने बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारुलाई उम्मेदवार बनाउने टुंगो लगाएको पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनका अनुसार ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै एमालेले राजापुर नगरपालिकाको प्रमुखमा पहाडी थारु र उपप्रमुखमा सावित्री शर्मा उम्मेदवार चयन गरेको छ । बारबर्दिया नगरपालिका प्रमुखमा पार्टी सचिव पदम ढकाल र उपप्रमुखमा नारायणी थारुको नाम उम्मेदवारका लागि टुंग्याएको छ । बढैयाताल गाउँपालिका प्रमुखमा पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी अधिकारीलाई चयन गरिएको छ ।

त्यस्तै गेरुवा गाउँपालिका प्रमुखमा भरत धामी र उपप्रमुखमा मन्जु शर्मालाई उम्मेदवार बनाउने टुंगो लगाएको अध्यक्ष श्रेष्ठले जनाए ।

प्रकाशित : वैशाख ११, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?