कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४७

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सम्झना रसाइली

तनहुँ — आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य नौ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

व्यास नगरपालिकासमेत हेर्ने गरी जिल्ला समन्वय समिति तनहुँको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले उद्घाटन गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामीमात्रै होइन, सबै नागरिक आ-आफ्नो स्तरबाट जिम्मेवार बन्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुपर्छ ।’

त्यस्तै, निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लाका दशवटै पालिकामा बिहीबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा, बन्दिपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल निर्वाचन अधिकृत तोकिएका छन् ।

त्यस्तै, भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता रामचन्द्र शर्मा, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी र भानु नगरपालिकामा तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुँवर निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लामा एक मात्र महिला निर्वाचन अधिकृत रहेकी छन् ।

प्रकाशित : वैशाख ८, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×