कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

मनोज बडू

दार्चुला — वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका ९ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । बिहीबारबाट सबै स्थानीय तहका केन्द्रीय कार्यालय रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रदिपसिंह धामीका अनुसार मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका छन् । निर्वाचनको कार्यालय सञ्चालनमा आएसँगै निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महाकाली नगरपालिकाको निर्वाचन गराउने छ ।

त्यस्तै जिल्लाका अन्य स्थानीयमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कागजात अगाडि बढाइएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा, दुहु गाउँपालिकाको केन्द्र हिकिला, नौगाड गाउँपालिकाको केन्द्र होपरीगाड, मालिकार्जुन गाउँपालिकाको केन्द्र पस्ती, लेकम गाउँपालिकाको केन्द्र रातामाटा, शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर, मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ र अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् ।

व्यास गाउँपालिकामा कौशलेश्वर ज्ञवाली, दुहु गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओमप्रसाद भट्टराई, लेकम गाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरिसिंह धामी, नौगाड गाउँपालिकामा गोविन्दराज सेदाई, मार्मा गाउँपालिकामा लवराज जोशी र अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृत रहेका छन् ।

प्रकाशित : वैशाख ८, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?