कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाको घोषणापत्रमा १२ कक्षासम्म नि:शुल्क पढाइदेखि सुत्केरीलाई तीन महिनासम्म मासिक भत्ता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वास्थ्य, शिक्षा र सुशासनको पक्षमा विभिन्न कार्यक्रमहरू स्थानीय तहबाट सञ्चालन गर्ने योजना समावेश गरेर चुनावी घोषणापत्र जारी गरेको छ ।

राप्रपाको घोषणापत्रमा १२ कक्षासम्म नि:शुल्क पढाइदेखि सुत्केरीलाई तीन महिनासम्म मासिक भत्ता

राप्रपा कार्यालयमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जिते ६ महिनाभित्र विपन्न परिवार पहिचान गर्ने कार्यक्रम अघि सारिने बताएका छन् । त्यसैगरी ६ महिनाभित्र सबै स्थानीय ऐनहरू निर्माण र परिमार्जन गर्ने घोषणासमेत गरेका छन् ।साथै, १२ कक्षासम्म पूर्ण नि:शुल्क शिक्षा, सबै स्थानीय तहमा एउटा प्रविधिक विद्यालय, सबै विद्यालयमा अनिवार्य कम्प्युटरका कार्यक्रम पनि घोषणापत्रमा समावेश गरिएको छ ।

यस्तै सुत्केरी महिलालाई ३ महिनासम्म मासिक ३ हजार भत्ता उपलब्ध गराउने घोषणा पनि गरिएको छ । त्यसैगरी किशोरीहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप दिने घोषणा पनि समावेश छ ।

प्रकाशित : वैशाख ७, २०७९ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?