कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
एकीकृत समाजवादीको घोषणापत्र

मदिरा सेवन गर्न पालिकाबाट अनुमतिपत्र लिनुपर्ने [पूर्णपाठ]

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीले जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा कार्डको व्यवस्था लागू गर्ने बताएको छ । मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै समाजवादीले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने उल्लेख गरेको हो ।

मदिरा सेवन गर्न पालिकाबाट अनुमतिपत्र लिनुपर्ने [पूर्णपाठ]

जथाभावी मदिरा सेवनले मानिसहरूको सम्पत्तिसकिने, झैझगडा हुने भएकाले मदिरा सेवन गर्नेले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने उल्लेख गरेको छ । ‘जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमाझैंझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ । मदिरासेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभावी रूपमा मदिरासेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ,’ समाजवादीको घोषणापत्रमा भनिएको छ ।

नेकपा एमालेबाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले पहिलो पल्ट निर्वाचनमा भाग लिन लागेको हो । आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरू गठबन्धनबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् ।

यस्तो छ एकीकृत समाजवादीको घोषणापत्र

प्रकाशित : वैशाख ६, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×