कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अखबार

झिसमिसेमै अखबार छाडेर जाने भाइ,
एकछिन त रोकिऊ, बरू खबरलाई दौडन देऊ
मान्छेहरु आफैं बिउाझिन्छन् !

अखबार

मान्छेहरुलाई लत छ–

अखबार नपढेसम्म चिया पनि पिउँदैनन्

मान्छेहरुलाई लत छ–

अखबारले नभनेसम्म ती केही थाहा पाउँदैनन्

केही मान्छे त अखबारमा आफ्नो नाम

र तस्बिर नदेखेसम्म मुस्कान बिर्सन्छन् ।


फेरि यिनै मान्छे भन्छन्–

त्यो अखबार बासी हो, छाडिदिनू

त्यो ‘बासी–अखबार’ भान्सामा टाँसिदिनू

नानीहरुका पुस्तकमा गाता राखिदिनू


जब कि अखबार कहिल्यै बासी हुँदैन

त्यसले त स्मृतिलाई सधैं ताजा बनाउँछ

जसरी ०६१ सालमा गोली खाएको सिपाही

त्यो सालको पत्रिका देख्दा झस्किन्छ

धेरैअघि अभियोग खेपेको जागिरे

त्यस्तै अर्को समाचार पढ्दा तर्सिन्छ


कसले भन्यो, अखबार बासी हुन्छ ?

त्यसले त स्मृतिको रिल तीन फन्को घुमाउँछ ।


राजनीति, सिनेमा, साहित्य

स्वदेश, विदेश र अन्तरिक्षका सबै खबर जान्दा पनि

मान्छे कहिल्यै अघाएन

चैन मानेन

लती भएर खबरको

सायद मान्छेले वर्तमानमा बाँच्न जानेन !

झिसमिसेमै अखबार छोडेर जाने भाइ

एकछिन त रोकिऊ

यो नगरमा, खबर आफैं सल्किन्छ  !

प्रकाशित : भाद्र ४, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?