कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फोटो–कथा

घुम्न जानु च्छो रोल्पा

दृष्टान्त विडारी

दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा । त्यसनजिकै ४७०० मिटरमाथि जमेको छ– दूधकुण्ड, जो गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण च्छो रोल्पा आउजाउ गर्ने बाटो रोल्वालिङ खोलाको किनारैकिनार तेर्सिएको छ । अनेक प्रजातिका गुराँस, सल्ला र धुपीहरू यहाँका रैथाने वनस्पती हुन् भने हिउँचितुवा, हाब्रे, ब्वाँसो र थारजस्ता जनावर अनि डाँफे, चिलिमे, मलेवा जस्ता चराको यो घर हो ।

घुम्न जानु च्छो रोल्पा

तिब्बती सीमानाबाट ५ किलोमिटर मात्रै वर पर्ने बौद्धालम्बी शेर्पाबाहुल नागाउँबाट बिहानै उठेर ३ घण्टा हिँडेपछि च्छो रोल्पा तालमा पुगिन्छ, जो गौरीशंकर हिमालको काखमा थपक्कै बसेको छ । त्यहाँबाट पनि अर्को ३ घण्टा कष्टकर बाटो हिँडेपछी आइपुग्छ दुधकुण्ड ।

फुट्ने खतराको सूचीमा अग्र स्थान छ– च्छो रोल्पा । कथं ताल फुटिहाल्यो भने त्यसलाई सूचित गर्नेगरी रोल्वालिङ भ्यालीमा विभिन्न प्रकारका साइरन तथा अन्य वैज्ञानिक उपकरण जडान गरिएको छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्नाले हिउँ पग्लने गति बढ्दो क्रममा छ । यसले ताल फुट्ने जोखिम बढाएको हो ।

प्रकाशित : असार १६, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?