कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अनन्त यात्रा

अमृता स्मृति

रोकिएको गाडीभित्र
यात्रु बसिरहन सक्दैन
उनीहरू ओर्लनुअघि
टपक्क टिपेर उदारता
मझेरीमा छर्न घाम
जानु छ कतै न कतै ।

अनन्त यात्रा

सँगै पाइला चालूँ

अनन्त यात्रा गरुँ

तिमीलाई बुझ्न

आफैंलाई खोज्न

जानु छ कतै न कतै ।


डग्मगाएको विचार

लड्खडाएको खुट्टा

थर्थराएको हातलाई

समातेरै भएपनि

जानु छ कतै न कतै ।


तिमीले यत्ती त बुझ्नुपर्ने हो

सागै नहिँडेपछि

समातिएको मान्छे लतारिन्छ ।

लतारिँदा, पछारिँदा, थचारिँदा

लागेका हजारौं चोटहरू

नदेखेझैं गरी

लतारेरै भए पनि

तिमीलाई लानु छ कतै न कतै

दुखाइहरूबाट उठ  !

हामी जानु छ कतै न कतै ।

प्रकाशित : माघ २२, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?