कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिरोध बोल्छ मेरो उपनिवेशित जिब्रो

लुना रञ्‍जित

मेरो जिब्रो एउटा उपनिवेश
जहाँ
मलाई पूर्वजहरूसँग जोड्ने 
मेरो मुटुको भाषालाई
विस्थापित गरेर
आधिपत्यमा यो 
बाँच्नका लागि चाहिने भाषाले 
हाम्रा कथाहरू दबाउँदै 
हाम्रा स्मृतिका पानाहरू मेटाउँदै 

प्रतिरोध बोल्छ मेरो उपनिवेशित जिब्रो

आगन्तुक शब्दका आवाजले

मेरो बालमस्तिष्कमा जरा गाडे

अनि, लज्जित बनायो

आदेशअनुसार बटारिन नमान्ने जिब्रोले

गलत, अप्रासंगिक शब्द फुत्किने डरले

मुटुमा रातदिन राज गर्‍यो


तैपनि मेरो जिब्रोको एक कुनामा

प्रतिरोधको आगो बलिरह्यो

हार नमानी मां भाय् बोलिरह्यो

जेल परेका कवि,

निर्वासित लेखकहरूको सम्मानमा

हाम्रो भूत, भविष्य, वर्तमान

उत्खनन गरिरह्यो

र संरक्षण गरिरह्यो

हाम्रा बाखं, हाम्रा लुमन्ती ।

प्रकाशित : मंसिर १३, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?