कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकान्डो

विमल निभा

मुनसाइनको एक घुट्को

गोरा मालिकहरु हो
म तिम्रा धूर्त उपस्थितिलाई
अस्वीकार गर्छु ठाडै
दोस्रो घुट्को मुनसाइनको

तिम्रो हिंस्रक साम्राज्यवादले
कब्जा गर्‍यो मेरो जमिन
र बलजफ्ती खोस्यो
मेरो आदिवासी सपना
मुनसाइनको तेस्रो घुट्को

मलाई कमजोर नेटिभ भन
भन बुद्धू रेड इन्डियन या पिछडिएको थारु भन
तिमीहरुले जेसुकै भने पनि मेरा पुर्खाहरुका हाडखोरले
हिसाब माग्न छाड्ने छैन
चौथो घुट्को मुनसाइनको

तिम्रो धुन्धुकारी बन्दुक
र तोपको निसाना सोझिएको छ अहिले पनि
मेरो गन्दुमी रंगको छालामा
मुनसाइनको पाँचौं घुट्को

एक घुट्को
दुई घुट्को
तीन घुट्को
चार घुट्को
पाँच घुट्को
त्यसपछिको मुनसाइनको आखिरी घुट्कोको
चरम बेहोसीबाट मुक्त हुन चाहन्छु म
र मुक्त हुन चाहँदिनँ पनि ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?