विमल निभा

साहित्य गंगा

नेपाली साहित्यमा गंगाको व्यापक प्रभाव छ । यसलाई अझ प्रस्टसँग भन्ने हो भने गंगा याने गंगाप्रसादहरूकै कारण हालको साहित्य चलायमान रहेको छ भने पनि कुनै अतिशयोक्ति हुने छैन । हो, वर्तमान नेपाली साहित्य पूर्णतया गंगामय छ । र यसको एकमात्र जस नेपालको प्रगतिशील साहित्यलाई जान्छ ।

टोल उत्सव

[१]ध नमायाको कुखुराको भाले बिहान–बिहानै कराउने गर्थ्यो ।आज धनमाया नै पहिले बिउँझेर यताउता फर्‍याकफुरुक गरिरहेकी छन् ।हंसमान दाइ बारीमा ठिङ्ग उभिएर कतै हेरिरहेका छन् ।बल्ल कुखुराको भाले कराउँछ– कुखुरी काँ.....।

बिचौलिया

यतातिर पार्टी र सरकारको कुरा मिलिरहेको छैन भन्ने कुरा बाहिर आएको छ । यो कुरा बाहिर आइसकेपछि मैले झट्ट समातेर एक पार्टीको कमरेडसँग सोधेंँ, ‘के तपाईंहरूका सरकारसँग कुरा मिलिरहेको छैन कमरेड ?’ ‘कुन सरकार ?’ उनले पनि मसँग झट्ट सोधे ।

बाढी

कमरेड माधवकुमार नेपालको घर डुबानमा परेको खबर सुनेर मलाई बडो दुःख लाग्यो । योभन्दा बढी म अरु के गर्न सक्छु ? त्यसैले आफ्नो दुःख प्रकट गर्न म उनीकहाँ जानै लागेको थिएँ, एक्कासी रोकिएँ । यसको कारण के हो भने यो चलन पुरानो भइसक्यो । अब ता दुःखको साटो सुख पो प्रकट गर्ने गरिन्छ क्यारे !

विमल निभाका लेखहरु :

ओलीको सपना

विगत सप्ताह बडो काव्यमय रह्यो । यसको कारण के हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक काव्य अनुष्ठान अन्तर्गत केही कविहरूलाई आकर्षक नगदसहित पुरस्कृत गर्‍यो । र सम्भवतः यसैबाट प्रेरणा ग्रहण गरेर अर्को ठूलो सरकारी प्रतिष्ठान अर्थात् नेपाल सरकार पनि एकाएक सक्रिय भयो । यसको फलस्वरुप राजधानी काठमाडौंबाट दुई कवि गिरफ्तार भए ।

आलो र पालो

वास्तवमा कुरो के हो भने आलोपालो कुर्सीमा बस्ने सहमति भएको थियो । यो गोप्य प्रकारको सहमति थियो । त्यसैले फ्याट्टै खुला भयो । यदि गोप्यको साटो खुला सहमति भएको भए के हुन्थ्यो ? केही पनि हुँदैनथ्यो । किनभने खुलालाई फेरि के खुला गर्ने ?

मिनिस्टर

'१'‘म म्मी–मम्मी ।’‘के सोमान बाबु ?’‘यता आउनोस् त ।’‘के भयो ?’‘भित्र कोही छ, मम्मी ।’ ‘कहाँ बाबु ?’‘किचेनमा मम्मी ।’‘को छ, किचेनमा ?’‘चोर हो, मम्मी ।’

हाइबरनेसन

सिमसारमा एक प्रकारको हलचल व्याप्त थियो । सबै जलचर सामूहिक ढंगले कोलाहल गरिरहेका थिए । एकाएक एउटा विचित्र जीव उफ्रिएर किनारमा आयो । र मतिर बढेर भन्यो, ‘जयनेपाल बन्धु ।’

कसौटी 'बाबुराम' का

कुनै समयका घाघडान कमरेड बाबुराम भट्टराई आफ्नो नयाँ शक्ति पार्टी, नेपालसहित एक अर्को पार्टीमा घुलित भएका छन्  । होइन, आफ्नो पुरानो नेपाल कम्युनिस्ट पार्टीमा नभएर अपेक्षाकृत नयाँ पार्टी फोरममा  ।