कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कविता : चटारो

निर्भीकजंग रायमाझी

जब आकाश गर्जन थाल्छर बादलहरु लुकामारी खेल्छन्तब जुरेलीलाई गुाड बनाउने चटारो पर्छ  ।

हिउँदभरि
आकाशकै बर्को ओढेर सुत्छ
बिनाकुनै सन्ताप
वल्लो वन, पल्लो वन सुसेल्दै डुल्छ

हठात् आइपुग्छ जब
प्रत्येक वर्षको बर्खा
जुरेलीलाई गुाडको सम्झना आउाछ
जसरी बुढेसकाललाई जीवनको सम्झना आउाछ
मृत्युशय्या मान्छेलाई धर्मको सम्झना आउाछ
कठै !
त्यतिन्जेलसम्म त
काललाई पनि बहुतै
चटारो परिसकेको हुन्छ !

जब अकाश गर्जन थाल्छ...

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?