कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल कन्टेनर

केशव सिलवाल

ग्लोबभन्दा छिटो–छिटो द्रुत गतिमा घुमिरहेछ मानिसको टाउको च्याम्पटिजस्तै

भूमण्डलीकरणले भिराइदिएको छ मगजमा
मनमोजी भोटो
नाघ्नु छ देशको सीमित घेराबन्दी
र बन्नु छ–
असीमित ग्लोबल नागरिक

यो ग्लोबल टाउको हो कि
ग्लोबल कन्टेनर ?
जहाा थुप्रिरहेछन् संसारभरिका फोहोर

प्रहार गरेकै छ टाउकोमा
गाउाका बूढा बा भएका छन् ग्लोबल
फुटबलको जर्सी लगाएर
गाउाछन्– वाका....वाका
सााइली भाउजू युटुबमा हेर्छिन्
लोकगीतमा मस्किरहेकी अर्धनग्न गायिका
माइला बा अरब गएको छोरासाग गर्छन्
भाइबरमा कुरा
भन्छन्– ख्याल गरेस् आफ्नो ज्यानको

स्क्यान गर्नुहोस् नयाा फेसबुके केटोको टाउको
प्रोनो फिल्मकी नायिका छिन् त्यहाा
अङ्गुर खाइरहेकी
भन्छ– घृणा गर्छु राजनीतिलाई
(राजनीति जो छ घृणा लायक)

खिचडी त खान्थ्याौ माघे सङ्क्रान्तिमा
अहिले कैयाौ गुना बढी खिचडी भएको छ दिमाग
धेरै पाकेर त्यही खिचडी पनि
जङ्क्ड भइसक्यो मानिसको दिमाग

जङक्ड दिमागभित्र हुन्छन्
जङक्ड विचारहरु
जङक्ड दिमागले सोच्छन् केवल
रेडिमेड सुक्तिहरु

सिर्जनाको चिहान हो जङ्क्ड दिमाग
जहाा हरेक सेकेन्ड आत्महत्या गर्छ सिर्जनाले
मानिस चल्छ केवल सानो चिप्सले
देश साागुरिएर
बनिसक्छ मोबाइलको डिब्बा

ग्लोबल दादाले पारिबाट छोडेको
अपाच वायुले भरिएर
बेलुनझौ फुलेको छ मानिसको टाउको
प्याट्टप्याट्ट फुट्छ समय–समयमा
र फैलिन्छ दुर्गन्ध यत्रतत्र देशभरि
तर, प्रतिबन्ध छ नाक थुन्न

ग्लोबल भिलेजका बबुरा सदस्य
उत्तानो सुतेर घरको ओछ्यानमा
निस्कन्छन् अमेरिकाको भ्रमणमा
र सपिङ गरेर पेरिसमा
किचकिच गर्छन् गाउाकी आमासाग

खुब जानेका छन् तिनले
टाउकोभित्र विवेकमै गर्छन् प्रहार
सयाौ टनको मखमली घनले
दनक दिन्छन् दिमागमै
रन्थनिन्छ मानिसको टाउको
केही सोच्न सक्दैन रनाहामा परेको टाउको

ग्लोबभन्दा छिटो–छिटो द्रुत गतिमा
घुमिरहेछ मानिसको टाउको

यो ग्लोबल टाउको हो कि
ग्लोबल कन्टेनर ?
जहाा थुप्रिरहेछन् संसारभरिका फोहोर ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?