उडी जाऊँ भने... !

अनिश रेग्मी

 ‘आकाशमा त कति सानो देखिन्थ्यो, जमिनमा त ठूलो हुँदो रैछ,’ त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा जहाज हेरेपछि शनिबार कृष्णबहादुर तामाङले भने  ।

आफ्नी पत्नी साइँलीसहित सिन्धुपाल्चोकको चौताराबाट काठमाडौं आएका कृष्णबहादुरले जीवनमा पहिलोचोटि यति नजिकबाट जहाज देखेका हुन्। ७२ वर्षीय पति र ७३ वर्षीया यो किसान दम्पतीलाई जीवनमा एक पटक जहाज चढेर आकाशको माथि–माथि उड्ने रहर छ। ‘टिकट महँगो पर्छ होला, हामीसँग पैसा छैन,’ साइँलीले भनिन्।

प्रकाशित : जेष्ठ १८, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्

यसरी सम्झिइयो मातातीर्थमा आमालाई [फोटोफिचर]

अनिश रेग्मी

काठमाडौँ — चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)का दिन यहाँ मेला लाग्ने गर्दछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

प्रकाशित : वैशाख २१, २०७६ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्