आमा र आमाका साथीहरु
काठमाडौँ — खन्यु खोल्सापारि—एक्लेनी ठूली,
लामगादे कान्छीवारि— माखोती साइाली,
विष्टेनी जेठी... आमाका मिल्ने साथीहरु ।
घाास/दाउरा जानु पनि उनीहरुसागै
पर्म खेल्नु
हाट/बजार या कतै जानुपरे पनि उनीहरुसागै ।
कहाा–कहाा जन्मिएर उनीहरु
भेट भए यसरी
एउटा आयातकार पृथ्वीको एकै कुनामा
भेट हुादा बेला–बेला
गफिन्थे
‘लेखान्त त होला नि कान्छी
र त भेटियाौ यसरी...
दुःखले पनि खाई नसक्ने
ज्यान छ हाम्रो हगि त साइाली Û ...’
तर बिस्तारै–बिस्तारै आमाहरुलाई
दुःखले नै खाएर सिध्याए ।
सम्झन्छु आमा र आमाका साथीहरु
लाग्छ, आमाहरुको साहसले मात्र
घुमिरहेछ यो पृथ्वी,
आमाहरुकै सम्झनामा मात्र खस्छन्
रुखबाट स्याउहरु
पर...पर... कतै गाउामा
जब देख्छु घाासको भारी बोकेर
घर फर्किरहेको वृद्ध सााझ
खुब सम्झना आउाछ आमाहरुको ।
प्रतिक्रिया