कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झन्डा

कविता
मनप्रसाद सुब्बा

काठमाडौँ — टाउकोबिनाको घिच्रोमा 
ख्वाप्प ठाडो गाढिएको छ यौटायौटा डन्डी 
त्यसमा लट्काइएको छ
यौटायौटा झन्डा
जो फुर्तीसाथ फर्फराइरहन्छ 
ठुटे शरीर हिंड्दा–डुल्दा ।

झन्डा

टाउकाबिनाका ती तर
एलियन होइनन्,
न त रोबोट ।
मान्छे नै हुन् ती हाम्रा सहोदर ।

यस्तो रमिता हेर्ने मचाहिं
टाउको मात्र हुा शरीरबिनाको
मात्र टाउको तालु खुइलिएको
जसलाई तिनीहरुले मेरो शरीरबाट चुाडाई
आकाशतिर हुर्‍याइदिएका थिए
अनि हुर्‍याइएको त्यो मेरो टाउको
माथि शून्यमा स्याटेलाइट घुमिरहन्छ
तलतिरको तमासा हेर्दै ।

मुन्टोबिनाको मेरो त्यो शरीरलाई चाहिं
तिनीहरुकै एक समूहले
घिस्सारेर लगी दोबाटोको एक छेउमा
खडा गरिदिएको छ मूर्तिझैं
अनि त्यसको घिच्रोमा पनि
एक टुक्रा रड ठाडो पारेर
लटकाइदिएको छ यौटा ठूलो झन्डा !

प्रकाशित : माघ १९, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?