कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्ञानको भण्डार

काठमाडौँ — तपाईं हामीमध्ये अधिकांशले सम्झिन्छौं होला— आमा–हजुरआमाको हातले बनेको कागती र मह, अदुवा हालेको पानी ।

ज्ञानको भण्डार

(आजकल तारे होटलमा ‘हनी हट लेमन’ भनिन्छ) । रुघाखोकी लाग्दा खाइने घरेलु दवाइ । पखाला लाग्दा आमाले मेथी–लसुन हालेर बनाएको पातलो जाउलो पनि सम्झनामा आउँछ ।


अहिले पनि जाडो याममा गरम मसला हालेर तातो चियो खाँदा शरीरमा स्फूर्ति अनुुभव हुुन्छ । रुघाखोकीले ग्रस्त भएको शिथिल जिउमा केही आराम मिल्छ । अक्षयतृतीयामा सातु र सर्वत खाँदा थाहा हुन्छ, ‘अब गर्मी लाग्न थाल्यो ।’ हाम्रा वरपरका यस्ता अनेक चलन यसै अस्तित्वमा आएका होइनन् । यिनका पछाडि ठूूलो विज्ञान छ । घर वरपरका वनस्पतिको उपयोगिताबारेमा आमा–हजुरआमा हुँदै कुप्री आमाहरूबाट जनश्रुतिझैं फाइदा/बेफाइदा सुनिंदै आएको हुनुपर्छ ।


अफसोस, आजको अति आधुनिकताले गर्दा यी सबै ‘परम्परागत ज्ञान’ बेकम्मा र पुुरातनवादी भइरहेका छन् । चिकित्सक भएर काम गरेपछि पहिले म आफैं पनि पहिले–पहिले हजुरआमाले मेरो घाउ भएको खुुट्टामा बेसार–तेल दलेको सम्भँmदा ‘कस्तो मूर्खतापूर्ण काम गर्नुभएको’ भनेर कड्किन्थें ।


तर, २० वर्षअघि भारतमा डा. बन्दना शिवा र डा. मीरा शिवाजस्ता वैज्ञानिक विदुुषीबाट वनस्पतिको औषधीय प्रयोगबारेमा भाषण सुुनेपछि म बदलिएँ । उनीहरूले लेखेको किताब पनि पढें । बिस्तारै विश्व स्वास्थ्य संघले परम्परागत ज्ञानको बारेमा लेख्न र बोल्न थाल्यो, अनि आफ्ना वरपर भएका वनस्पतिको महत्त्व र प्रभावबारे थाहा हुन थाल्यो ।


केही महिनाअघि ‘नेसनल ज्योग्राफी’ ले निकालेको ‘मेडिसिनल हर्ब’ नामक किताब मैले अमेरिका जाँदा उपहार पाएँ । संसारका विभिन्न देशमा भएका वनस्पतिको चिकित्सकीय महत्त्वबारे लेखिएको यो किताब पढेपछि मलाई लाग्यो— हाम्रा पूुर्खाहरूले वनस्पतिको विज्ञानको उपयोग नजानेरै पनि राम्रैसँग गरेका रहेछन् ।


यी यो किताब पढ्दा मलाई ज्ञान भयो कि विभिन्न फूूलहरू जसलाई हामी केवल सौन्दर्यको दृष्टिले हेर्छौ, सजाउँछौं, उपहार दिन्छौं । ती फूल त खाँदा पनि हुने रहेछ । जताततै आफै फल्ने, हामीले बेवास्ता गरेका कतिपय वनस्पतिबाट औषधि ‘क्याप्सुुल’ बनाइने रहेछ ।


किताबमा विभिन्न तरिकाले कुन वनस्पतिको कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिइएको छ । किताब पढेपछि मैले थाहा पाएँ, आफूुले दैनिक जीवनमा प्रयोग गरिरहेका कतिपय वनस्पतिको वैज्ञानिक अनुसन्धान भएको रहेछ अर्थात् परम्परागत ज्ञानको पनि वैज्ञानिक आधार रहेछ । ‘नेसनल ज्योग्राफी’ जस्तो संस्थाले प्रकाशित गरेको यो किताबमा हाम्रा वरिपरि भएका वनस्पतिबारेमा रमाइलो तरिकाले लेखिएको छ ।


विदेशमा चाहिं प्राय: सबै वनस्पतिलाई ‘क्याप्सुल’ बनाएर पनि बेचिन्छ । उदाहरणका लागि अदुवा हाम्रो भान्छामा कहिले टु्ट्दैन । हामी जाडोमा अदुवा–चियाको आनन्द त मजासँग लिन्छौं । अदुवाको टुक्रा स्वाद लिएर खान सकिन्छ । अदुवाले वाकवाकी रोक्ने काम पनि गर्छ । गर्भवती महिलालाई त म जहिले पनि एक टुक्रा अदुवा मुखमा हालिराख्न सल्लाह दिन्छु । लामो यात्रामा जाँदा म आफैं केही टुक्रा अदुवा साथैमा राख्छु । अध्ययनले देखाएको छ कि क्यान्सर बिरामीलाई विकिरणद्वारा उपचार गरेपछिको खानपिन गर्न मन नलाग्ने अवस्थामा अदुवा अचुक औषधि हुन सक्छ । अदुवाको महत्त्व कति छ भन्ने कुरा मैले इरानमा छँदा थाहा पाएकी थिएँ । भारतबाट लगिने अदुवा त्यहाँ एक किलोको २५ डलर पर्दो रहेछ, यो सन् २००४ को कुरा थियो ।


हामीले भटमासलाई खाद्यको रूपमा प्रयोग गरे पनि चिनियाँ औषधि विज्ञानमा यसलाई ज्वरो निको पार्न, तनाव हटाउन पनि प्रयोग गरिन्छ । यो मुटु र मृगौलाका लागि पनि उत्तम हुन्छ । भटमास शरीरको मोटोपन घटाउन, पिसाब फेर्दा गाह्रो भएको वा पोल्ने स्थिति कम गर्न प्रयोग गरिने कुरा लेखिएको छ ।


बारी/कान्लामा जताततै हुने एलोभेराले अहिले निकै चर्चा पाइरहेको छ । विशेषगरी छालाको सौन्दर्य बढाउन भनेर यो प्रयोग गरिन्छ । म आफैँचाहिँ छाला फुटेको बेला, सानोतिनो पोलेको बेला एलोभेरा प्रयोग गर्छु । एलोभेराको रस पनि विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ भनेर लेखिएको छ । अमेरिकाको दक्षिण टेक्सास र मेक्सिकोमा यो सौन्दर्य साधनका लागि धेरै प्रयोग गरिन्छ । साथै खानका लागि क्याप्सुल बनाएर बेचिन्छ पनि ।


यसैगरी यस किताबमा अनार, बेसार, लसुन आदिको महत्त्वबारेमा भनिएको छ । यस्ता वस्तुहरू आयुुर्वेद, चिनियाँ चिकित्सा विज्ञानमा कसरी प्रयोग भइरहेछ भन्ने पनि राम्रो जानकारी दिइएको छ ।

प्रकाशित : माघ १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?