२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५
स्वास्थ्य मन्त्रालयको आग्रह

'कोभिडको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्'

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। 

'कोभिडको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्'

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘बुस्टर डोज लगाउन बाँकी रहेका सर्वसाधारणहरूले स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउनुस्। कोभिडको जोखिम कायम छ ।’

छिमेकी राष्ट्र चीन, जापान, दक्षिण कोरियालगायत राष्ट्रहरुमा कोभिडको संक्रमण पुनः देखिन सुरु भएको छ । त्यहाँ देखिएको कोभिडको सव भेरिएन्ट बिएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ। यस भेरिएन्टले छोटो समयमा नै धेरै व्यक्तिलाई संत्रमण गर्ने देखिएको छ । मन्त्रालयले भने हालसम्म भने यो भेरिएन्ट नेपालमा पुष्टि नभएको जनाएको छ।

प्रवक्ता डा. ठाकुरले खुला सिमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा पनि यसको संक्रमण जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि जनसमुदाय सजग एवमं सचेत हुन जरुरी देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयले कोभिडको रोकथाम तथा पहिचानका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट नेपाल भित्रिने यात्रुहरुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिहरुको एन्टिजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको जनाएको छ ।

साथै पोजिटिभ देखिएका एवं लक्षण देखिएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम होम आइसोलेसन तथा अस्पताल भर्ना गरी उपचार गर्ने कार्य भइरहेको विज्ञप्ति मार्फत् जानकारी गराइएको छ ।

प्रकाशित : पुस ९, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?