१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

काठमाडौँ — पत्रकार महासंघमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

अस्पतालले नेपाल पत्रकार महासंघमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । हाल महासंघमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन् ।

'सन् १९८२ मा बेलायतबाट एमबीबीएस सकेर आएपछि १५/१६ सय रुपैयाँमा नोकरीबाट सुरु गरेको डाक्टर हुँ, एक अर्ब ५० करोड रुपैयाँ ऋण लिएर अस्पतालका संरचना बनाएका छौं । नियमअनुसार कर तिरेको छु,' अस्पतालका संस्थापक जगदीशलाल वैद्यले भने, 'भूकम्पको समयमा पाँच सयवटा शल्यक्रिया निःशुल्क २४ घण्टा कार्य गरेका छौं, सरकारद्वारा कुनै सहयोग नहुँदा पनि हामी देशमा केही गर्नुपर्छ भनी लागेका छौं ।'

'यो सम्झौता आजदेखि २४ महिनासम्म लागू हुनेछ, पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका छ जनासम्मलाई १५ लाख रुपैयाँसम्मको उपचारमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ,' प्रमुख प्रशासक भट्टराईले भने, 'नेपालमा हुने उपचारमा पत्रकार महासंघको सदस्यलाई हामी सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराउँछौं, नेपालमा ल्याब टेष्ट हुन नसक्ने उपचारमा भने हामीले लागतअनुसार नै सेवा दिनेछौं ।'

महासंघ शाखाका अध्यक्ष न्यौपानेले स्वास्थ्य सुविधा महँगो गएको अवस्थामा यो सहुलियत महत्त्वपूर्ण हुने बताए ।

प्रकाशित : मंसिर १६, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?