कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमै बनेको क्यान्सरको औषधिको माग बढ्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी टिजिग फार्माले उत्पादन गरेका क्यान्सर विरुद्धको माग नेपाली बजारमा बढ्दै गएको कम्पनीले जनाएको छ । 

नेपालमै बनेको क्यान्सरको औषधिको माग बढ्दै

बिहिबार एक पत्रकार सम्मेलन गर्दे कम्पनीले उत्पादन गरेको छोटो समयमै औषधिहरु बिरामीले सुलभ र सहज रुपमा प्रयोग गर्न पाइरहेको बताएको हो ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधि उत्पादन गर्नको लागि औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको बताए ।उनले भने–‘नेपालमा क्यान्सर रोगको उपचार भइ रहेको भएतापनि आवश्यक औषधिको चरम अभाव, अनियमितता तथा औषधिको मुल्यमा रहेको असमानता देखेर नै औषधिको उत्पादनको बाटो रोजेको थियौँ । अहिले त्यसको परिणाम देखिन थालेको छ।’

टिजिगले फोक्सो, पाठेघर, स्तन, रगत, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन गरिरहेको छ। यी मध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादित २३ किसिमका औषधिहरुको लागि औषधि व्यवस्था विभागले विक्रि वितरण अनुमति दिइसकेको छ । त्यसैगरी टिजिगले विक्रिवितरण अनुमति पाएका मध्ये ५ प्रकार मोलिक्युलका ७ किसिमका औषधिहरु मात्र नेपालमा विक्रि वितरण गर्न पाएको छ । त्यसैगरी १६ किसिमका औषधि विदेशमा विक्रि वितरणको तयारी र अभ्यास हँुदै आएका छन् ।

टिजिगका कार्यकारी निर्देशक वैद्यले विदेशमा मात्रै विक्रि वितरण गर्नको लागि अनुमति पाएको १६ किसिमका औषधिहरु नेपाली चिकित्सक, अस्पताल र विरामी पक्षबाट निकै नै माग आएको बताए । ‘यी औषधिहरु नेपालमा पनि विक्रिवितरण गर्न औषधि व्यवस्था विभागसँग अनुमतिकालागि निवदेन दिएका छौँ। भविष्यमा अन्य धेरै प्रकारका क्यान्सर विरुद्धका औषधिहरु बजारमा ल्याउने तयारीमा पनि छौँ’उनले भने ।कम्पनीका अनुसार उत्पादित औषधि भारतको मुम्बइस्थित टाटा मेमोरियल क्यान्सर अस्पताल तथा नेपालमा भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताललगायत निजी अस्पतालमा पनि प्रयोग भइरहेको छ ।

टिजिग फार्मा क्यान्सरको औषधि उत्पादन गर्ने चर्चित भारतीय कम्पनी एसपी एक्यूर ल्याबसँग प्रविधि हस्तान्तरण(टेक्नोलोजी ट्रान्सफर) गरी सञ्चालित छ ।


प्रकाशित : कार्तिक २५, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?