कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट ६ दिन डेंगी परीक्षण नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — डेंगीको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको छ । तर, कोभिड–१९ को परीक्षण भने दसै बिदाको दिन गरिने भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट ६ दिन डेंगी परीक्षण नहुने

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको बताए । ‘डेंगीको क्लिनिकलगायत अस्पताल पनि टेष्ट हुन्छ,’ उनले भने । प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको छ ।

प्रयोगशालाका कर्मचारीहरुले डेंगी प्रकोप बढिरहेका परीक्षण जारी राख्नुपर्ने बताएका छन् । उनीहरुका अनुसार डेंगी परीक्षण गर्न एक जना कर्मचारी खटाए पुग्छ । ‘डिउटी मिलाएर राख्न सकिन्थ्यो,’ उनले भने, ‘तर, बेवास्ता गरियो ।’

डेंगीका बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ । सबभन्दा बढी काठमाडौंमा झन्डै १० हजार पुगिसकेको छ ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आईसीयु, ३८ जना भर्ना र इमरजेन्सीमा ५० जना उपचारर्थ छन् । दैनिक ओपीडीमा डेढ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् ।

शुक्रराजका सूचना अधिकारी नवराज गौतमका अनुसार डेंगीका कारण बिहीबार एक जनाको मृत्यु भयो । ‘यो लामखुट्टे घरभित्र र झाडीमा बस्ने प्रकृतिको छ,’ उनले भने, ‘निर्मूल पार्ने उपाय सबभन्दा राम्रो सरसफाई हो ।’

प्रकाशित : आश्विन १४, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?