थप ६३४ जनामा कोरोना भाइरस संक्रमण, ४१७ निको, १ जनाको मृत्यु 

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७५७ पीसीआर परीक्षणमा ३४३ र २ हजार १९२ एन्टिजेन परीक्षणमा २९१ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । २४ घण्टामा कुल ४ हजार ९४९ नमुना परीक्षण गरिएको थियो । 

थप ६३४ जनामा कोरोना भाइरस संक्रमण, ४१७ निको, १ जनाको मृत्यु 

मंगलबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या १ जना र निको हुने ४१७ रहेका छन् भने सो अवधिमा १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


प्रकाशित : भाद्र ७, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?