कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

२६३ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप २६३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकअनुसार ३ हजार १६५ नमुना परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो । 

२६३ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

१ हजार ३९९ पीसीआर परीक्षणमा १६२ र १ हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५०१ जना निको र २ जनाको मृत्यु भएको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।

२४ घण्टामा १ लाख २७ हजार ३२१ जनाले खोप लगाएका छन् ।


प्रकाशित : श्रावण २८, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?