१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा स्वास्थ्य बिमा समस्या समाधान कार्यदल गठन भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

जसमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष गुणराज लोहनी, बिमा बोर्डका सदस्य डा सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल छन् ।

स्वास्थ्य बिमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू बढ्दै गएपछि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको जनाएको छ । उक्त समितिले स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्ने स्वास्थ्यमन्त्रीका प्रेस सल्लाकार केदारप्रसाद गौतमले बताए ।

स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल मुलुकभर ४ सय ४० वटा स्वास्थ्य संस्थामा बिमा कार्यक्रम लागू छन् । प्रत्येक वर्ष कहिले अस्पताल व्यवस्थापनले समयमा रकम नपाएको भन्दै सेवा ठप्प पार्दा त कहिले अस्पताल फार्मेसीमा औषधि उपलब्ध नहुँदा निजीमा खरिद गर्नुपर्ने बाध्यताले बिमितहरू मर्कामा पर्दै आइरहेका छन् ।

प्रकाशित : श्रावण २६, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?