कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै दिन थपिए १ हजार ९० संक्रमित, २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा एकै दिन १ हजार ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् । 

एकै दिन थपिए १ हजार ९० संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा ४३८ निको र २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

२४ घण्टामा १ लाख ७१ हजार ८३७ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण २४, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?